श्रमिकको एकताबाट नै उपलब्धि हासिल गर्न सम्भव : प्रधानमन्त्री देउवा

नेपालभ्युज

श्रमिकको एकताबाट नै उपलब्धि हासिल गर्न सम्भव : प्रधानमन्त्री देउवा
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार श्रमिकको श्रमको उच्च सम्मान गर्दै संविधानप्रदत्त अधिकारको सुनिश्चितता गर्न सदैव प्रतिबद्ध रहेको बताएका छन्।

३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘निकृष्ट प्रकारको श्रम अभ्यासलाई अन्त्य गर्न श्रमिकको संगठित हुन पाउने अधिकार र सामूहिक सौदाबाजी गर्न पाउने अधिकारलाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको छ।

श्रमिकको एकता र संघर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको प्रधानमन्त्री देउवाको भनाइ छ। ‘मर्यादित श्रम, सुरक्षित रोजगार : विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सरकारले श्रमिक दिवस मनाउँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved