चेन्नईमा फेरि धोनी नै कप्तान

नेपालभ्युज

चेन्नईमा फेरि धोनी नै कप्तान

एजेन्सी। इन्डियन प्रिमियर लिग -आईपीएल_मा चेन्नई सुपर किङ्सले फेरि महेन्द्रसिंह धोनीलाई नै कप्तान बनाएको छ। रविन्द्र जडेजाले खेलमा फोकस हुने भन्दै कप्तानी छाडेपछि फेरि धोनीलाई नै कप्तान बनाइएको छ।

यसअघि जडेजालाई यस सिजन शुरू हुनभन्दा दुई दिनअघि धोनीले नै कप्तानी हस्तान्तरण गरेका थिए। तर, यस सिजन चेन्नईले निकै संघर्ष गर्नुपर्‍यो। चेन्नईले आफ्ना शुरूवाती ८ मध्ये दुई खेलमात्रै जित्नसक्यो।

जडेजाले बलिङ र ब्याटिङ दुबैमा राम्रो प्रदर्शन गर्न सकेनन्। ३३ वर्षीय जडेजाले ८ खेलमा केवल १ सय १२ रनमात्रै बनाए। बलिङतर्फ उनले केवल ५ विकेटमात्रै लिए।

धोनीले यसअघि २००८ देखि यस सिजन शुरू हुनअघिसम्म चेन्नईको कप्तानी गरेका थिए। यसक्रममा उनले गत सिजनसहित टोलीलाई कुल ४ उपाधि जिताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved