५ बजेपछि आएको सभापति देउवाको पत्रले समस्या

नेपालभ्युज

५ बजेपछि आएको सभापति देउवाको पत्रले समस्या

सर्लाही । लालबन्दी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका वासुदेव अधिकारीको सम्बन्धमा जिल्ला निर्वाचन आयोग कार्यालयले शेरबहादुर देउवाको पत्र साँझ ५ बजेपछि मात्र आएको जानकारी दिएको छ।

गठबन्धन तोडेर कांग्रेसबाट मेरमा उम्मेदवारी दिएपछि जिल्ला निर्वाचन कार्यालय सर्लाहीलाई कांग्रेस पार्टी कार्यालले पत्र नै लेखेर अधिकारीको उम्मेदवारी रद्द गर्न भनेको थियो। तर जिल्ला निर्वाचन कार्यालयले समयसीमा नाघिसकेपछि पत्र प्राप्त भएको बताएको छ।

निर्वाचन आयोगका अनुसार सर्लाहीका जिल्ला निर्वाचन अधिकारीले पाँच बजेपछि पत्र आउँदै छ भनेकाले पत्र पुग्दा ढिलो भएको बताएका थिए। उनले मुख्य निर्वाचन अधिकृतलाई पनि त्यही व्यहोराबारे जानकारी गराएका बताएका छन्।

सर्लाहीको सबै स्थानीय तहको हकमा भने कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षरयुक्त पत्रलाई नै आधिकारिक मान्ने भनी यसअघि नै अभिलेखमा रेकर्ड राखिएको निर्वाचन अधिकृतको कार्यालयका एक कर्मचारीले बताए ।

“पत्रको आधिकारिकतामा शंका नै छैन”, उनले भने, “५ बजेपछि पत्र आयो, विवाद त्यही नै हो।’ देउवाले लालबन्दी नगरपालिकामा कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार बासुदेव अधिकारीको उम्मेदवारी फिर्ता भएको भनी शुक्रबार साँझ ५ बजेपछि निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाएका थिए।

कांग्रेसबाट मेयरमा अधिकारीले उम्मेदवारी फिर्ता नलिएपछि लालबन्दीमा कांग्रेसबाहेकको गठबन्धन बनेको छ। जहाँ नेकपा माओवादीले मेयर र नेकपा एकीकृत समाजवादीले उपमेयरमा भागबण्डा गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved