अन्तरिम आदेशलाई सर्वोच्चले दियो निरन्तरता, गभर्नर अधिकारीले नियमित काम गर्न पाउने

अदालतमा आज भएको सुनुवाइको क्रममा न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।

नेपालभ्युज

अन्तरिम आदेशलाई सर्वोच्चले दियो निरन्तरता, गभर्नर अधिकारीले नियमित काम गर्न पाउने
फाइल तस्वीर

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नियमित रुपमा काम गर्न पाउने भएका छन्। सर्वोच्च अदालतले यसअघिकै अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश गरेसँगै अधिकारीले नियमित काम गर्न पाउने भएका हुन्।

अदालतमा आज भएको सुनुवाइको क्रममा न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।

अन्तरिम आदेशलाई निरन्तरता दिएसँगै मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म गभर्नर अधिकारीले अब नियमित रुपमा काम गर्न पाउनेछन्।

गोप्य सूचना चुहाएको अनि काममा असहयोग गरेको आरोपमा सरकारले गभर्नर अधिकारीमाथि छानबिन समिति गठन गरी उनलाई निलम्बन गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved