अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस कोरोना संक्रमित

नेपालभ्युज

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस कोरोना संक्रमित

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन्।

शंका लागेपछि मंगलबार कोरोना परीक्षण गरिएकोमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। “उहाँलाई कुनै ठोस लक्षण देखिएको छैन भने कुनै स्वास्थ्य समस्या पनि भएको छैन, तर आइसोलेसनमा भने बस्नु भएको छ,” उ‍नका प्रवक्ताले भनेका छन्।

प्रवक्ताले जारी गरेको वक्तव्यमा उपराष्ट्रपति ह्यारिसले निवासमै आइसोलेसनमा बसे पनि भित्रै बसेर गर्न मिल्ने कतिपय कामहरू भने गरिरहेकी उल्लेख गरिएको छ। उनी राष्ट्रपति जो वाइडेन तथा प्रथम महिलासँग भौतिक निकटतामा भने नरहेको पनि प्रवक्ताले जानकारी दिए।

अहिले कोरोना भाइरस नियन्त्रणसम्बन्धी निर्देशिकाको ५७ वर्षीया उपराष्ट्रपति ह्यारिसले पूर्ण पालना गरेकी र नियमित स्वास्थ्य परीक्षण पनि गराइरहेकी उनको कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved