आईपीएलमा राजस्थान रोयल्स शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स विजयी भएको छ। गएराति पुनेमा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा पुगेको हो।

नेपालभ्युज

आईपीएलमा राजस्थान रोयल्स शीर्ष स्थानमा

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स विजयी भएको छ। गएराति पुनेमा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा पुगेको हो।

राजस्थानले दिएको १ सय ४५ रनको लक्ष्य भेट्न नसक्दा बैंगलोर पराजित भएको हो। उसले १९ ओभर ३ बलमा १ सय १५ रन मात्र जोड्न सक्यो। बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३, वानिन्दु हसरंगा १८, साहबाज अहमेदले १७ रन जोड्दा रजत पाटिदरले १६ रन बनाए।

राजस्थानका कुलदिप सेनले ४ विकेट लिए। रविचन्द्र आश्विनले ३ र प्रसिद्ध किसनले २ विकेट हात पारे। पहिले ब्याटिङ गरेको राजस्थानका रियान परागले ५६, कप्तान सन्जु सामसनले २७ रन बनाउँदा रविचन्द्र आश्विनले १७ रन जोडे।

बैंगलोरका मोहमद सिराज, जोश हाजलउड र वानिन्दु हसरंगाले दुईदुई विकेट हात पारे। जितसँगै राजस्थानले ८ खेलमा १२ अंक जोडेको छ। पाँचौँ स्थानको बैंगलोरले ९ खेलमा १० अंक बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved