यी हुन् जुम्लाका आठ वटै स्थानीय तहका उम्मेदवार

नेपालभ्युज

यी हुन् जुम्लाका आठ वटै स्थानीय तहका उम्मेदवार

काठमाडौं। एक नगरपालिकासहित सात गाउँपालिका रहेको जुम्लामा सबै स्थानीय तहमा यहाँका क्रियाशील पार्टीहरूले उम्मेदवारी दर्ता गराएका छन्। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) जुम्लाले केही पालिकामा आइतबार उम्मेदवारी दर्ता गराए पनि अधिकांश दलहरूले सोमबार उम्मेदवारी दर्ता गराएका हुन्।

कार्यकर्ता र बाजागाजासहित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई दलहरूले उम्मेदवारी दर्ता गराएका हुन्। नेपाली कांग्रेसका तर्फबाट चन्दननाथ नगरपालिकाको प्रमुखमा अधिवक्ता पदम शाही र उपप्रमुखमा रामदेवी खड्काले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, नेकपा एमालेबाट प्रमुखमा धर्मेन्द्र रोकाया र उपप्रमुखमा मेनका रेग्मी, नेकपा (माओवादी केन्द्र) बाट प्रमुखमा जीवन बुढा थापा र उपप्रमुखमा पूर्णिमा विक (रचना) ले मनोनयन दर्ता गराएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रमुखमा पूर्णसिंह कठायत र उपप्रमुखमा गीता शाही, नेकपा (एकीकृत समाजवादी) बाट प्रमुखमा जयलक्ष्मी चौलागाईं र उपप्रमुखमा भीमबहादुर थापा तथा नेमकिपाबाट प्रमुखमा जयकृष्ण धराला र उपप्रमुखमा हस्तना न्यौपानेले उम्मेदवारी दर्ता गराएका हुन्।

तिला गाउँपालिका जुम्लाको अध्यक्षमा नेकपा एमालेबाट रेशमबहादुर शाही, उपाध्यक्षमा जुनमाया बोहोरा, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा मोतिलाल रोकाया, उपाध्यक्षमा कल्पना बुढा, नेपाली कांग्रेसबाट अध्यक्षमा एकराज चौलागाईं र उपाध्यक्षमा सुस्मा श्रेष्ठले मनोनयन दर्ता गराएका छन्।

तातोपानी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट अध्यक्ष पदमा सुरतबहादुर शाही र उपाध्यक्षमा ज्वाला चौलागाईं, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा पार्टी अध्यक्ष वीरबहादुर कुँवर र उपाध्यक्षमा रेउती रावल (सीमा)ले मनोनयन दर्ता गराएका छन्।

तातोपानीमा कांग्रेसबाट अध्यक्षमा नन्दप्रसाद चौलागाईं र उपाध्यक्षमा विन्दु अधिकारी, नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा हिमालय खत्री र उपाध्यक्षमा नारायणी चौलागाईंले मनोनयन दर्ता गराएका छन्।

पातारासी गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट अध्यक्ष पदमा सुकराम रावत र उपाध्यक्षमा खम्मेनी महतारा, नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा हरिबहादुर बुढा (सुशील) र उपाध्यक्षमा जुनमाया रोकायाले मनोनयन दर्ता गराएका छन्।

गुठीचौरमा नेकपा एमालेबाट अध्यक्षमा झुनमाया जैसी र उपाध्यक्षमा प्रेम बुढा, नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा हरिबहादुर भण्डारी र उपाध्यक्षमा राजकन्या बुढाले मनोनयन दर्ता गराएका छन्।

त्यसै गुठीचौरमै नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा दानबहादुर बुढा र उपाध्यक्षमा सुमन बुढा (बस्नेत), नेपाल मजदुर किसान पार्टीबाट अध्यक्षमा राजबहादुर अधिकारी र उपाध्यक्षमा धनकन्या उपाध्याय तथा नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा जनक थकाली र उपाध्यक्षमा शान्ति कुमारी मल्ल (भण्डारीले) मनोनयन दर्ता गराएका छन्।

हिमा गाउँपालिका अध्यक्ष पदमा एमालेका जयबहादुर खत्री र उपाध्यक्षमा भागिरती शाही, नेपाली कांग्रेसबाट अध्यक्षमा लक्ष्मण शाही र उपाध्यक्षमा सम्पूर्ण शाही तथा नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्षमा भैबहादुर रोकाया र उपाध्यक्षमा देवु शाहीले मनोनयन दर्ता गराएका छन्। त्यस्तै माओवादी केन्द्रबाट अम्मराज शाही र उपाध्यक्षमा कल्पना परियारको उम्मेदवारी परेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।

सिञ्जा गाउँपालिकामा एमालेबाट अध्यक्षमा सुमन आचार्य र उपाध्यक्षमा कल्पना बुढा, माओवादी केन्द्रबाट अध्यक्षमा पूर्णप्रसाद धिताल र उपाध्यक्षमा शितली रोकाया तथा नेपाली कांग्रेसबाट अध्यक्षमा नन्दराम बुढा र उपाध्यक्षमा रजनकला शाही उम्मेदवार बनेका छन्।

सिञ्जामा नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा कमल खत्री र उपाध्यक्षमा हिमाली भण्डारी (नेपाल) तथा नेमकिपाबाट अध्यक्षमा कन्नी रावत र उपाध्यक्षमा रणबहादुर रोकायाले मनोनयन दर्ता गराएका छन्।

कनकासुन्दरी गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) का मानबहादुर रोकाया र उपाध्यक्षमा देवीसीता बुढा (रावत), नेपाली कांग्रेसबाट अध्यक्षमा दमोदर आचार्य र उपाध्यक्षमा प्रेमकली बुढा, माओवादी केन्द्रबाट अध्यक्षमा धनबहादुर बुढा र उपाध्यक्षमा रीता खत्री तथा नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा रणबहादुर रोकाया र उपाध्यक्षमा धनरुपा बुढाले मनोनयन दर्ता गराएका छन्। त्यस्तै नेमकिपाका माधव काफ्लेले अध्यक्षमा उम्मेदवारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved