कर्णालीमा औलोका बिरामी घट्दै

आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीमा ३२ जनामा औलो रोग देखा परेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत श्याम आचार्यले बताए।

नेपालभ्युज

कर्णालीमा औलोका बिरामी घट्दै

सुर्खेत। कर्णाली प्रदेशमा औलोका बिरामीहरुको संख्या घट्दै गएको छ। आर्थिक वर्ष २०७८/०७९ को तथ्यांकअनुसार कर्णालीमा ३२ जना औलोको बिरामी भेटिएका छन्।

यो विगतका वर्षहरुको तुलनामा निकै कम हो।

आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीमा ३२ जनामा औलो रोग देखा परेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत श्याम आचार्यले बताए।

“नेपालमा औलोका बिरामी प्रायः भारतबाट आउने नागरिक हुने गरेका छन्,” उनले भने, “कर्णालीका हिमाली जिल्लामा स्थानीयस्तरमा औलो रोगका बिरामी फेला परेका छन्।”

जनस्वास्थ्य अधिकृत आचार्यका अनुसार सबैभन्दा धेरै औलोका बिरामी सुर्खेतमा रहेका छन्। प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा १४ जना औलोका बिरामी रहेका छन्।

हुम्लामा ५, मुगुमा ६, कालिकोटमा ३, दैलेखमा १, सल्यानमा २ र रुकुम पश्चिममा १ जना औलोका बिरामी फेला परेका हुन्। जाजरकोट, जुम्ला र सल्यानमा भने औलोका बिरामी नरहेका कार्यालयले जनाएको छ।

सन् २०२५ सम्म नेपाललाई औलो पूर्णमुक्त बनाउने सरकारको राष्ट्रिय रणनीति अनुसार सन् २०२२ सम्म औलोबाट हुने मृत्युदरलाई शुन्यमा झार्नेगरी कार्यालयले काम गरिरहेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved