कर्णालीमा घट्न थाले औलोका बिरामी

नेपालभ्युज

कर्णालीमा घट्न थाले औलोका बिरामी

सुर्खेत। कर्णाली प्रदेशमा औलोका बिरामीहरू घट्दै गएका छन्। आर्थिक वर्ष २०७८/०७९ को तथ्यांकअनुसार कर्णालीमा ३२ जनामा औलोको बिरामी भेटिएका छन्।

यो विगतका वर्षहरूको तुलनामा निकै कम हो। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत श्याम आचार्यले भने, “नेपालमा औलोका बिरामी प्रायः भारतबाट आउने नागरिकमा देखापर्ने गरेको छ, कर्णालीका हिमाली जिल्लामा स्थानीयस्तरमा औलो रोगका बिरामी फेला परेका छन्।”

जनस्वास्थ्य अधिकृत आचार्यका अनुसार सबैभन्दा धेरै औलोका बिरामी सुर्खेतमा छन्। प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा १४ जना औलोका बिरामी भेटिएका छन्। हुम्लामा ५, मुगुमा ६, कालिकोटमा ३, दैलेखमा १, सल्यानमा २ र रुकुम पश्चिममा १ जना औलोका बिरामी फेला परेका हुन्।

जाजरकोट, जुम्ला र सल्यानमा भने औलोका बिरामी नरहेको कार्यालयको भनाइ छ।

सन् २०२५ सम्म नेपाललाई पूर्ण औलोमुक्त बनाउने सरकारको राष्ट्रिय रणनीति छ। जसअनुसार सन् २०२२ सम्म औलोबाट हुने मृत्युदरलाई शून्यमा झार्ने लक्ष्यमा कार्यालयले काम गरिरहेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved