एकै परिवारका पाँच जनाको घाँटी रेटी हत्या

नेपालभ्युज

एकै परिवारका पाँच जनाको घाँटी रेटी हत्या
सांकेतिक

भारतको उत्तर प्रदेशको प्रयागराज जिल्लामा सामूहिक हत्याको घटना सार्वजनिक भएको छ।

थर्वई थाना क्षेत्रको खेवराजपुर गाउँमा शुक्रबार मध्यरात हत्याराले एकै परिवारका ५ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। हत्याराले ५ वर्षीया बालिकालाई पनि आक्रमण गरेका छन्, अहिले उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।

अपराध गरेपछि हत्याराले शव जलाउन घरमा आगो लगाएका थिए।

प्रहरीका अनुसार घटनामा ५ वर्षीया बालिका साक्षी छोरी सुनिल घाइते भएकी छन्। उनलाई प्रयागराजस्थित स्वरूपप्रणी अस्पतालमा भर्ना गरिएको छ। प्रहरी घटनाको अनुसन्धानमा जुटेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved