मूल्यवृद्धिको विरोधमा निर्माण व्यवसायीको धर्ना

नेपालभ्युज

मूल्यवृद्धिको विरोधमा निर्माण व्यवसायीको धर्ना

काठमाडौं।नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीहरूको मुल्यवृद्धि भएको विरोधमा मुल्यवृद्धि निर्देशिका भाग – २ ल्याउन मागसहित धर्ना शुरु गरेको छ।

बिहीबार महासंघले ताहाचलस्थित सार्वजनिक खरीद अनुगमन कार्यालयमा धर्ना दिँदै मुल्यवृद्धि निर्देशिका भाग –२ ल्याउन माग गरेको हो। महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्रीको अप्रत्यासित रूपमा मुल्यवृद्धि हुँदा निर्माणको काम अगाडि बढाउन नसकिएको बताए।

निर्माणको काम अगाडि बढाउनका लागि सरकारले अविलम्ब मुल्यवृद्धि निर्देशिका भाग–२ ल्याउनुपर्ने उनको भनाइ थियो। नभए निर्माण होलिडे मनाएर मूल्य स्थिर नहोउन्जेल निर्माण कार्य रोक्ने उनले बताए।

महासंघले बिहान ११ बजेदेखि १२ बजेसम्म कार्यालयमा धर्ना दिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved