वीरगन्जमा एमाले र लोसपाले वडासम्मै तालमेल गर्ने

वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच वडा तहसम्म नै चुनावी तालमेल हुने भएको छ।

नेपालभ्युज

वीरगन्जमा एमाले र लोसपाले वडासम्मै तालमेल गर्ने

वीरगन्ज। वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच वडा तहसम्म नै चुनावी तालमेल हुने भएको छ। बिहीबार वीरगन्जमा पत्रकार सम्मेलन गरी नगर प्रमुख एमालेलाई र उपप्रमुख लोसपालाई दिने गरी सहमति गरेका हुन्।

आगामी वैशाख ३० गते हुने चुनावमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन्। उपमेयरमा लोसपाले टुङ्गो लगाइसकेको छैन। एमालेका उम्मेदवार सरावगीका अनुसार वडासम्मै तालमेल गर्ने सहमति भइसकेको छ।

सरावगी वर्तमान मेयर हुन्। उनी हालै एमालेमा प्रवेश गरेका थिए।
बुधबार सत्ता गठबन्धनले वीरगन्जको मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसलाई दिने सहमति गरेको छ। योसँगै वीरगन्जमा दुई गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved