जेलमा रहेका पुटिनका आलोचक नाभाल्नीद्वारा फ्रान्समा म्याक्रोँलाई मतदान गर्न आह्वान

नेपालभ्युज

जेलमा रहेका पुटिनका आलोचक नाभाल्नीद्वारा फ्रान्समा म्याक्रोँलाई मतदान गर्न आह्वान

एजेन्सी । जेलमा परेका रूसी प्रशासन केन्द्र क्रेमलिनका आलोचक एलेक्सी नाभाल्नीले बुधबार फ्रान्सेली मतदाताहरूलाई राष्ट्रपतिको दोस्रो राउन्डको मतदानमा वर्तमान राष्ट्रपति इम्यानुयल म्याक्रोँलाई समर्थन गर्न आह्वान गरेका छन्।

उनले फ्रान्सकी विपक्षी नेता मेरिन ले पेनको रूसी राष्ट्रपति भ्लादिमिर पुटिन निकट रहेको पननि दाबी गरेका छन्।
“मैले बिना कुनै संकोच अप्रिल २४ मा इम्मानुयल म्याक्रोँको लागि मतदान गर्न फ्रान्सका जनतालाई आग्रह गर्दछु,“ नाभाल्नीले फ्रान्सेली र अंग्रेजी दुबै भाषामा ट्विटरमा भने।

ले पेनको पार्टीले पुटिनको अवैध कमाईलाई वैधता प्रधान गर्ने चेक गणतन्त्रमा रहेको रूसी स्वामित्वको बैंकबाट ९० लाख यूरो ऋण पाएको भन्दै यसबाट आफू ‘दुःखी’ बनेको नाभाल्नीले बताएका छन्।

४५ वर्षीय नाभाल्नीले भने, “यी मानिसहरूसँग वार्ता र तिनीहरूसँगको व्यवहारले ले पेनको दलमा पुटिनको राजनैतिक छहारी पनि समावेश छ भन्ने कुरामा मलाई कुनै शङ्का छैन ।”

उनले भने, “यो भ्रष्टाचार हो । यसले पुटिनलाई राजनैतिक प्रभाव बेचिरहेको छ ।”

उनले फ्रान्स आफ्नो हृदयको केन्द्रमा रहेको भन्दै धेरै कारणले फ्रान्सेलीहरूलाई सम्बोधन गर्न सक्ने दावी गरेका छन्।

फ्रान्सेली कस्मेटिक्स कम्पनी वाइभ्स रोचरलाई संकेत गर्दै उनले भने, “एउटा फ्रान्सेली कम्पनीले गरेको अपराधिक उजुरीका कारण म जेलमा छु ।”

सन् २०२० मा सोभियतकालिन डिजाइनका बनाइएको बिषाक्त पदार्थ ‘नर्भ एजेन्ट’ नोभिचोकको आक्रमणपछि निकै गम्भीर स्वास्थ्य अवस्थामा पुगेका नाभाल्नीले आक्रमणमा क्रेमलिनको हात रहेको बताउँदै आएका छन्।

गत महिना एउटा रूसी अदालतले अदालतको बेइज्जत र अवहेलना गरेको नयाँ अभियोगमा नाभाल्नीलाई नौ वर्षको सजाय सुनाइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved