काममा फर्किएर गभर्नर अधिकारीले भने- राष्ट्र बैंकको स्वायत्तताको जित भयो

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको स्वयत्तताको जित भएको बताएका छन्। बुधबार पदमा पुर्नबहालि गर्दै उनले यस्तो बताएका हुन्।

नेपालभ्युज

294351482857983
फाइल तस्वीर

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको स्वयत्तताको जित भएको बताएका छन्। बुधबार पदमा पुर्नबहाली भएका  उनले यस्तो बताएका हुन्। मंगलबार सर्वोच्च अदालतको अन्तरिम आदेशबाट निलम्बन फुकुवा भएका गभर्नर अधिकारीले पुन पदभार सम्हाल्दै व्यक्तिभन्दा ठूलो सिस्टम रहेको बताए। उनले भने, ‘‘यो जित मेरो होइन, राष्ट्र बैंकको स्वयत्तताको जित हो।’’

गभर्नर अधिकारीले आफ्नो पक्षमा आदेश दिने र बोलिदिनेहरूप्रति आभार व्यक्त गरे। अल्पकालीन अन्तरिम आदेश प्रणालीको पक्षमा आएको भन्दै उनले आगामी दिनमा आउने आदेश पनि आफ्नो पक्षमा आउने आशा व्यक्त गरेका थिए।

उनले भने, ‘‘भोलिको दिनमा मैले पेस गरेको निवेदनमाथि थप सुनुवाइ गर्दै जाँदा नेपाल राष्ट्र बैंक, केन्द्रीय बैंकको स्वायत्तता, मौद्रिक नीति, मौद्रिक स्थायित्व, आर्थिक स्थायित्व सम्बन्धमा यसरी नै सन्देशहरू आउने आशा राखेको छु,म एउटा माध्यम मात्रै हुँ, यो समग्र प्रणालीका लागि आएको आदेश हो। यहाँहरूले पनि प्रणालीको लागि नै बोलिराख्नुभएको छ।’’

गएको चैत २५ गते सरकारले अनुशासनसम्बन्धी विभिन्न आरोप लगाउँदै पदमुक्त गर्ने प्रयोजनका लागि अनुसन्धान समिति बनाएको थियो। त्यससँगै अधिकारी निलम्बनमा परेका थिए। सो निर्णयविरुद्ध सर्वोच्च गएका उनी न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले रिटको सुनुवाइ गर्दै काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएपछि काममा फर्किएका हुन्।

गभर्नर अधिकारीले सरकारले संस्थाविरुद्ध आक्रमण गरेकाले अदालत जान बाध्य भएको बताएका छन्। अदालतले अन्तिम फैसलामा पनि न्याय दिनेमा विश्वस्त रहेको उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved