रूसले युक्रेनको क्रेमिन्ना शहर कब्जामा लिएपछि अमेरिकाले युक्रेनलाई थप युद्ध सामग्री पठाउँदै

छिमेकी मुलुक रूसले युक्रेनमाथिको आक्रमण बढाएसँगै अमेरिकासहित अन्य पश्चिमा मुलुकले युक्रेनलाई थप युद्ध सामाग्री पठाउने भएका छन्।

नेपालभ्युज

रूसले युक्रेनको क्रेमिन्ना शहर कब्जामा लिएपछि अमेरिकाले युक्रेनलाई थप युद्ध सामग्री पठाउँदै

एजेन्सी। छिमेकी मुलुक रूसले युक्रेनमाथिको आक्रमण बढाएसँगै अमेरिकासहित अन्य पश्चिमा मुलुकले युक्रेनलाई थप युद्ध सामाग्री पठाउने भएका छन्।

रूसले पूर्वी युक्रेनको क्रेमिन्ना शहर कब्जामा लिएपछि अमेरिकासहित अन्य पश्चिमा मुलुकले युक्रेनलाई थप युद्ध सामाग्री पठाउन लागेका हुन्। रूसले पछिल्लो समय युक्रेनको पूर्वी डोन्बास क्षेत्रको लुहान्स्क र डोनेत्स्कमा आक्रमण तीव्र पारेको छ।

पश्चिमा नेताहरूबिच भएको भिडिओ संवादमार्फत अमेरिका र अन्य देशले युद्धमा प्रयोग हुने गोलाबारूद, ट्याङ्कभेदी र हवाई प्रतिरक्षा सामग्रीलगायतका सैन्य सहयोग युक्रेनलाई थप उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई रूससँग लड्न आफ्नो देशले गोलाबारूदसहित थप अस्त्रहरू दिने बताएका छन्। यस्तै युक्रेनका लागि थप ८० करोड डलर बराबरको सैन्य सहायतासमेत अमेरिकाले दिने योजना बनाएको बाइडेन प्रशासनले जनाएको छ।
रूसले पूर्वी युक्रेनमा आक्रमण चर्काएसँगै प्रतिरक्षाका लागि छिमेकी मुलुकसँग युक्रेनले सैन्य सहायता मागेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved