तनहुँ फुटबल संघमा २५ वर्षपछि नेतृत्व परिवर्तन

नेपालभ्युज

तनहुँ फुटबल संघमा २५ वर्षपछि नेतृत्व परिवर्तन

तनहुँ। तनहुँ जिल्ला फुटबल संघको अध्यक्षमा सत्यभक्त पालिखे निर्वाचित भएका छन्। पालिखे छ मत ल्याएर अध्यक्षमा निर्वाचित बनेकी छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी सोम थापा मगरले चार मत पाएका थिए। अध्यक्ष पदका लागि सर्वसम्मत हुन नसकेपछि मतदानको प्रक्रियाबाट छिनोफानो गरिएको हो। २५औँ वर्षसम्म एउटै व्यक्तिले नेतृत्व गर्दै आएको उक्त संस्थामा आजदेखि नयाँ नेतृत्वले नेतृत्व सम्हालेका हुन्।

अन्य पदमा भने सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक यज्ञबहादुर रानाले बताए। समितिको उपाध्यक्षमा हरि तिमिल्सिना, दिनेश केसी र भिजन श्रेष्ठ तथा महिला सदस्यमा सविता भट्टराई निर्विरोध निर्वाचित भएका छन्।

समितिका सदस्यमा नलबहादुर दरै, विजय गुरुङ, चन्द्रबहादुर आले, सुरज थापा मगर, जयप्रकाश केसी, किशोर पन्त, प्रमोद वाग्ले, इन्द्र गुरुङ, ज्योति श्रेष्ठ, कुमार श्रेष्ठ चयन भएको निर्वाचन समितिका सदस्य चन्द्रकान्त वाग्लेले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved