सोमालियाको संसद् भवनमै गोली प्रहार, ९ जना घाइते

नेपालभ्युज

सोमालियाको संसद् भवनमै गोली प्रहार, ९ जना घाइते

नवनिर्वाचित सांसद्हरूले सोमबार संयुक्त बैठक आयोजना गरिरहेको सोमाली संसद् भवनमा कैयौं राउण्ड मोर्टारको गोली प्रहार हुँदा कम्तीमा नौ जना घाइते भएको प्रहरी र प्रत्यक्षदर्शीले बताएका छन्।

सोमालियाले नयाँ राष्ट्रपति चयनको प्रक्रिया पूरा गर्ने प्रयास गरिरहेको बेला गोली चलेको हो।

राजधानी मोगादिसुमा भारी सुरक्षाकर्मीलाई छलेर हतियारधारीले आक्रमण गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्। तर कुनै पनि सांसदहरूलाई क्षति भने नपुगेको त्यहाँका अधिकारीहरूले बताएका छन्।

संसदको तल्लो र माथिल्लो सदनका लागि वक्ताहरू छनोट गर्न संसदीय मतपत्रहरूको मिति तय भइरहेको बेलामा गोली चलेको जनाइएको छ। यो हिंसा वर्तमान राष्ट्रपति र प्रधानमन्त्रीबीचको शक्ति सङ्घर्षका भएको अनुमान गरिएको छ।

अल कायदासँग आबद्ध इस्लामवादी लडाकु समूह अल शबाबले आक्रमणको जिम्मेवारी लिएको छ। उक्त समूहले मोगादिसुमा एक दशकभन्दा बढी समयदेखि सरकारविरुद्ध विद्रोह गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved