दक्षिण अफ्रिकामा आँधी–बाढीका कारण करिब ४०० बढीको मृत्यु

दक्षिण अफ्रिकामा आँधीसँगै आएको बाढीका कारण करिब ४०० जनाको मृत्यु भएको छ। प्रहरी, सेना तथा स्वयंसेवकले अझै पनि बेपत्ताको खोजी तथा उद्धार प्रयास जारी राखेका छन्।

नेपालभ्युज

दक्षिण अफ्रिकामा आँधी–बाढीका कारण करिब ४०० बढीको मृत्यु
फाइल फोटो

काठमाडौं। दक्षिण अफ्रिकामा आँधीसँगै आएको बाढीका कारण करिब ४०० जनाको मृत्यु भएको छ। प्रहरी, सेना तथा स्वयंसेवकले अझै पनि बेपत्ताको खोजी तथा उद्धार प्रयास जारी राखेका छन्।
६ दिन पहिले आएको विनाशकारी आँधीपछि बाढी आउँदा दक्षिण अफ्रिकाको डर्बन क्षेत्रमा जनजीवन प्रभावित भएको हो।

बाढीका कारण करिब ४१ हजार मानिस प्रभावित भएका छन् ।बाढीमा परेर अहिलेसम्म ३९५ जनाको मृत्यु भएको पुष्टि भएको छ। आवासीयसहितका भौतिक क्षति ठूलो मात्रामा भएको स्थानीय अधिकारीले बताएका छन्।

क्वाजुलु–नाटल प्रान्तमा आँधी र त्यसपछिको बाढीले ठूलो क्षति गरेको हो । अझै पनि कम्तीमा ५५ जना बेपत्ता रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved