‘मुख्य प्रशिक्षकले छनोट हुन सकिँदैन भने पनि अन्तिमसम्म लड्छौं’

नेपालभ्युज

‘मुख्य प्रशिक्षकले छनोट हुन सकिँदैन भने पनि अन्तिमसम्म लड्छौं’

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतमा आयोजना हुने एएफसी एशियन कप छनोटमा सहभागिता जनाउँदैछ। आगामी जुनमा आयोजना हुने छनोटका लागि नेपाली टोलीले प्रशिक्षण शुरु गरिसकेका छन्।

मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले छनोट हुन सक्दैनौं भने पनि खेलाडीले भने उत्कृष्ट प्रदर्शनको आशा राखेका छन्। एएफसी एशियन कप छनोट प्रतियोगिताको कठिन मानिएको समूहमा रहेको नेपालले जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताका लागि तयारी गरिरहेको छ।

कठिन मानिएको समूहमा रहेको नेपालले छनोटमा उत्कृष्ट प्रदर्शनको आशा राखेको छ। मुख्य प्रशिक्षकले छनोट हुँदैनौं भन्दै दिएको अभिव्यक्तिको सार्वजनिक रुपमा दिए पनि नेपाली टोलीका उपकप्तान रोहित चन्दले छनोटमा उत्कृष्ट प्रदर्शन गर्न योजनाबद्ध तरिकाले तयारी गरिरहेको बताए।

नेपाल रहेको समूहमा आयोजक कुवेतसँगै नेपाल, इन्डोनेसिया र जोर्डन रहेका छन्। बलिया टोली भएकाले नेपालको छनोट सम्भावना न्यून छ। छनोटको सम्भावना कम भए पनि छनोटमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली टोली तयार रहेको सुजल श्रेष्ठले बताए। यस्तै विशाल राई, अनन्त तामाङ र विशाल श्रेष्ठले पनि अन्तिमसम्म पनि बलिया टोलीविरुद्ध नतिजाका लागि लड्ने प्रतिक्रिया दिएका छन्।

लामो समयसम्म चोटका कारण मैदानबाहिर रहेका नवयुग श्रेष्ठ पनि टोलीमा फर्किएका छन्। चोटलाई भुलेर राम्रो खेल्न अवसर एएफसी एशियन कप छनोट प्रतियोगितामा भएको नवयुगले बताए।

छनोटबाट समूहको शीर्ष टोली चीनमा आयोजना हुने एशियन कप २०२३ मा छनोट हुने छन। यस्तै ५ समूहको उत्कृष्ट उपविजेताले पनि प्रतियोगितामा सहभागि हुने मौका पाउनेछन्।

यो पनि पढ्नुहोस्

नेपाल एशियन कपमा छनोट हुनै सक्दैनः अलमुताइरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved