जो रुटले छाडे इंग्ल्याण्डको टेष्ट टिमको कप्तानी

नेपालभ्युज

जो रुटले छाडे इंग्ल्याण्डको टेष्ट टिमको कप्तानी

काठमाडौं। इंग्ल्याण्डको टेष्ट टिमका कप्तान जो रुटले कप्तानी छाडेका छन्। रुट इंग्ल्याण्डको टेष्ट टिमका सर्वाधिक सफल कप्तान हुन्। इंग्ल्याण्डको टेष्ट कप्तानको रूपमा सर्वाधिक खेल जित्ने रेकर्ड उनको नाममा छ। तर पछिल्लो समय इंग्ल्याण्डको टेष्ट टिम खराब फर्ममा थियो।

पछिल्ला १७ खेलमा उनको कप्तानीमा इंग्ल्याण्डले एक खेल मात्र जितेको छ। इंग्ल्याण्डको टेष्ट म्याचमा सन् १९८० पछिको यो सबैभन्दा खराब नतिजा हो।

रुटको कप्तानीमा खेलेको अन्तिम टेष्ट म्याच इंग्ल्याण्डले यसै महीना वेष्ट इण्डिजसँग १० विकेटले हारेको थियो। तीन म्याचको वेष्ट इण्डिजसँगको उक्त टेष्ट सिरिज पनि इंग्ल्याण्डले गुमाएको थियो।

सन् २०१७ मा एलिष्टर कुकको ठाउँमा उनी कप्तान बनेका थिए। उनले करीब पाँच वर्ष इंग्ल्याण्डको टेष्ट टिमको कप्तानको रूपमा रहँदा ६४ खेलमा सर्वाधिक २७ जितेका थिए। जितको मात्र होइन इंग्ल्याण्डको टेष्ट टिमको कप्तानको रूपमा सर्वाधिक २६ खेलको हारको रेकर्ड पनि उनकै नाउँमा छ।

कप्तानी छाडेपनि खेलाडीको रूपमा भने टिममा नै रहने उनले बताएका छन्। उत्कृष्ट ब्याटरसमेत रहेका उनी इंग्ल्याण्डको टेष्ट टिमका लागि सर्वाधिक रन जोड्ने दोस्रो खेलाडी हुन्।

साथै कप्तानको रूपमा उनले जोडेको पाँच हजार २ सय ९५ रन इंग्ल्याण्डका हालसम्मको टेष्ट कप्तानले जोडेका उच्च रन हो। कप्तानको रूपमा उनले १४ सतक प्रहार गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved