चीनमा अध्ययन गरेका विद्यार्थीले नेपालमै इन्टर्नशिप पाउने

नेपालभ्युज

चीनमा अध्ययन गरेका विद्यार्थीले नेपालमै इन्टर्नशिप पाउने

काठमाडौं। चीनमा अध्ययन पूरा गरेका विद्यार्थीले नेपालमै इन्टर्नशिप गर्न पाउने भएका छन्।

शिक्षा तथा स्वास्थ्य समितिले विज्ञप्ति निकाल्दै आइतबार बसेको समितिको बैठकले चीनमा अध्ययन पूरा गरेका सन् २०१५ र २०१६ औँ ब्याचका विद्यार्थीलाई नेपालमा इन्टर्नशिप गर्न दिने निर्णय गरेको हो। यसअघि नेपाल मेडिकल काउन्सिलले सन् २०१४ औँ ब्याचका विद्यार्थीलाई मात्रै इन्टर्नशिपका लागि स्वीकृत गरेको थियो।

उक्त वैठकले कोभिड १९ का कारण चीनबाट नेपाल फर्किएका र जापान अध्ययनका लागि एनओसी दिएका विद्यार्थीलाई पठाउन दुई देशसँग कुटनीतिक पहल गर्ने निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved