राष्ट्रपति पुटिनले तेल, ग्यास क्षेत्रको अवस्थाबारे बैठक गर्ने

बेलायतले सन् २०२२ को अन्त्यसम्ममा रूसबाट तेल र तेल उत्पादनहरू आयात गर्न बन्द गर्ने घोषणा गरेको थियो।

नेपालभ्युज

राष्ट्रपति पुटिनले तेल, ग्यास क्षेत्रको अवस्थाबारे बैठक गर्ने

एजेन्सी। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार तेल र ग्यास क्षेत्रको अवस्थाको बारेमा बैठक गर्ने तयारी गरेका छन्।

बैठकको मुख्य प्रतिवेदन उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले तयार पार्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन्।

युक्रेनमा रूसको विशेष सैन्य कारबाहीको प्रतिक्रियास्वरूप पश्चिमी देशहरूले रूसविरुद्ध धेरै प्रतिबन्धहरू लगाएका छन्।

तिनीहरूमध्ये केहीले प्रत्यक्ष वा परोक्ष रूपमा रूसी तेल र ग्यास क्षेत्रलाई असर गरेको छ । बेलायतले रूसी ऊर्जा स्रोतहरूको आयातमा प्रतिबन्धको घोषणा गरेको छ ।

त्यसपछि, बेलायतले सन् २०२२ को अन्त्यसम्ममा रूसबाट तेल र तेल उत्पादनहरू आयात गर्न बन्द गर्ने घोषणा गरेको थियो।

पोल्याण्डले पनि यस वर्षको अन्त्यसम्ममा रूसबाट तेल किन्न बन्द गर्न चाहेको जनाउ दिइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved