लिभरपुल र सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

नेपालभ्युज

लिभरपुल र सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी । लिभरपुल र म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा स्थान बनाएका छन्। गए रातिको खेलमा सिटीले एथलेटिकेसँग गोलरहित बराबरी खेल्यो भने लिभरपुल र बन्फिकाबीचको खेल तीन तीन गोलको बराबरीमा टुंगियो।

पहिलो लेगमा एक शुन्यको अग्रता लिएको सिटीले समग्रमा एक शुन्यकै जीत हासिल गर्‍यो। यता, बेन्फिकाविरूद्ध लिभरपुल समग्रमा ६-४को जीत निकाल्न सफल रह्‍यो। पहिलो लेगमा लिभरपुल ३-१ ले विजयी थियो।

सेमिफाइनलमा अब लिभरपुलले भिल्लरियल र सिटीले रियल म्याड्रिडको सामना गर्नेछन्। यसअघि बार्यनलाई हराएर भिल्लरियल र चेल्सीलाई हराएर रियल म्याड्रिडले सेमिफाइनलमा स्थान बनाएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved