यस्तो छ २०७९ साल, पश्चिमा शक्तिले फेरि अनावश्यक आश देखाउने

धनु, मकर र कुम्भ राशिलाई माघ २७ भन्दा पहिला साँढे सातको दशा

नेपालभ्युज

यस्तो छ २०७९ साल, पश्चिमा शक्तिले फेरि अनावश्यक आश देखाउने

काठमाडौं। २०७९ साल नेपालका लागि मध्यम किसिमको ग्रहगोचर रहेको ज्योतिषविद्हरूले बताएका छन्।

नल नामको संवत्सर रहेको २०७९ साल राजा शनि र मन्त्री वृहस्पति छन्। यस वर्षको सामाजिक, आर्थिक, राजनीतिक समग्रमा त्यति राम्रो नभएको ज्योतिषाचार्य हरि सोडारीले बताए। उनका अनुसार यस वर्ष न्यायको क्षेत्रमा केही सुधारहरू देखिने भए पनि साउन १२ गतेबाट कार्तिक ३ गतेसम्म राजा र मन्त्री दुवै ग्रह वक्र रहने भएकाले सरकार कमजोर रहनेछ।

यस अवधिमा बाहिरबाट हेर्दा सरकारले न्याय गरेको देखिएपनि आन्तरिक रुपमा कलह नै रहने बताए। ज्योतिषाचार्य सोडारीले यस वर्ष शैक्षिक संस्थाहरू, धार्मिक क्षेत्रहरू, बौद्धिक व्यक्तित्वहरू भुमिका राष्ट्रका लागि केही गर्छन् भन्ने आश गरेपनि साउन १२ देखि कार्तिक ३ सम्मको समय आफ्नो स्वार्थपूर्तिका लागि हुने बताए।

यस वर्ष दक्षिणतर्फको सीमामा केही समस्या आउन सक्ने, भूक्षय तथा वर्षाले असहज परिस्थिति सिर्जना गर्नसक्ने, रोगमा वृद्धि हुन सक्ने बताए।

यस वर्ष धनु, मकर र कुम्भ राशिलाई माघ २७ भन्दा पहिला साँढे सातको दशा पर्नसक्ने रहेको छ र अढैया दशा, माघ २७ भन्दा पहिला मिथुन र तुला राशिलाई पर्ने बताए।

माघ २७ पछि भने शनि कुम्भ, राशिमा पुग्ने र त्यसपछिका दिनमा मकर, कुम्भ र मिन राशिलाई साँढे सातको दशा रहेको र ककर्ट र वृश्चिक राशिलाई अढैयाको दशा रहको बताए। नेपालको राशिमा पनि माघ २८ पछि अढैया दशा लाग्नेछ।

अर्थात् त्यसपछिका दिनमा आन्तरिक कलहले नेपाललाई सताउनेछ। यस वर्ष मौसमको दृष्टिकोणले पनि समग्रमा त्यति राम्रो नरहेको उनले बताए। यस वर्ष अल्पवृष्टि, अनावृष्टि र अतिवृष्टि हुने सम्भावना रहेको छ।

त्यस्तै अन्नबाली उत्पादनको क्षेत्रमा पनि कमी हुनसक्ने ज्योतिषाचार्य सोडारीले बताए। यस वर्ष आर्थिक रुपमा पनि समग्रमा नराम्रो रहेको छ। यस वर्ष भूकम्प जानसक्ने पनि सम्भावना रहेको ग्रहगोचरहरूले देखाएको बताए।

सबैले सोचेर काम गर्ने हो भने देश शंकटमा नफस्ने पनि उनले बताए। निर्माणका लागि पश्चिमी देशहरूले अनावश्यक आश देखाएर देशमा आन्तरिक कलह निम्तिन सक्ने ग्रहगोचर भएको भन्दै उनले बेलैमा सचेत रहनुपर्ने बताए।

त्यस्तै यस वर्षको आर्थिक अवस्थामा देश कमजोर नै रहने बताए। ज्योतिषाचार्य सोडारीले वैशाख ३ गतेदेखि १८ गतेसम्म कालसर्प योग रहेकोले देशको नेतृत्व गरिरहेका राजनीतिक दलका नेताहरूले होस नपुर्‍याउने हो भने निर्वाचनमा समस्या आउन सक्ने बताए।

विवेकपूर्ण रुपमा अघि यसले कुनै असर नगर्ने उनको भनाइ छ।

त्यस्तै ज्योतिषाचार्य सेडारीले कृषिको क्षेत्रमा यसवर्ष मध्यम समय रहेको बताए। यस वर्ष पश्चिमी देशहरूबाट वर्षभर नै सचेत रहनुपर्ने ग्रहगोचरले देखाएको बताए। ज्योतिषाचार्य सोडारीले साउन १२ देखि कार्तिक ३ गतेसम्म शनि वक्र रहेकोले पश्चिमी देशहरूले निर्माणको रुपमा हात हालेका कामहरूको विषयलाई आन्तरिक कलहको विषय बनाएर आन्तरिक द्वन्द्व फैलाउन सक्ने ग्रहगाचर रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved