न्युयोर्कको सबवे स्टेशनमा आक्रमण गर्नेको खोजी तीव्र

अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनको एक सबवे स्टेशनमा आक्रमण गरी भागेकाको खोजी तीव्र पारिएको छ।

नेपालभ्युज

न्युयोर्कको सबवे स्टेशनमा आक्रमण गर्नेको खोजी तीव्र

काठमाडौं। अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनको एक सबवे स्टेशनमा आक्रमण गरी भागेकाको खोजी तीव्र पारिएको छ। आक्रमणकारी स्थानीय समयअनुसार मंगलबार बिहान साढे बजेतिर सबवे स्टेशनमा मानिसहरूको भीडमा ग्रिनेड हानेका थिए।

आक्रमणमा कम्तीमा दुई दर्जन मानिस घाइते भएका छन्। तीमध्ये पाँच जनाको अवस्था गम्भीर छ। प्रहरीले आक्रमणकारीलाई पत्ता लगाउन सकेको छैन। घटनामा संलग्न भएको हुन सक्ने भन्दै प्रहरीले ६२ वर्षका फ्रान्क आर जेम्सको खोजी गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved