झापाका १३ विद्यालयमा संरचना निर्माण

नेपालभ्युज

झापाका १३ विद्यालयमा संरचना निर्माण

झापा। नारी कल्याण समाज अर्जुनधाराले झापाका दुई पालिकाका १३ विद्यालयमा विभिन्न संरचना निर्माण गरेको छ।

समाजले कचनकवल गाउँपालिकाका नौ र झापा गाउँपालिकाका चार सामुदायिक विद्यालयमा रु एक करोड ९० लाख बराबरको संरचना निर्माण गरेको छ। ‘गुड नेभर्स इन्टरनेशनल नेपाल’को आर्थिक तथा प्राविधिक सहयोगमा संरचना निर्माण गरेको समाजकी अध्यक्ष प्रेमाकुमारी भट्टराईले जानकारी दिइन्।

कचनकवल–५ पाठामारीको जानकी आधारभूत विद्यालयमा दुईकोठे पक्की भवन, महिनावारी तथा अपाङ्गमैत्री शौचालय, बालमैत्री खानेपानीको धारा जडान गरिएको छ। कचनकवल–४ को महेन्द्ररत्न मावि, कचनकवल–२ को लक्ष्मीप्रसाद देवकोटा मावि, कचनकवल–१ को बुद्ध मावि, कचनकवल–७ को जानकी मावि, जनता मावि र शिव मावि तथा कचनकवल–३ को सरस्वती आधारभूत विद्यालयमा शौचालय, खानेपानीको धारा जडान र मर्मत गरिएको छ।

कचनकवलका विद्यालयको संरचना निर्माणमा रु एक करोड ३५ लाख खर्च भएको अध्यक्ष भट्टराईले बताइन्।

झापा गाउँपालिकाको रु १० लाख र गुड नेभर्स इन्टरनेशनल नेपालको रु ५५ लाखको लागतमा झापा–२ स्थित कुवाडीदेवी माविमा दुईकोठे पक्की भवन, शौचालय र खानेपानीको धारा जडान, ५ नं वडाको महेन्द्र माविमा शौचालय, खानेपानीको धारा जडान तथा वडा नं ३ को सिमलबाडी आधारभूत विद्यालय र वडा नं १ को सरस्वती आधारभूत विद्यालयमा खानेपानीको धारा जडान गरिएको छ।

ती संरचना निर्माणपछि समाजले सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved