काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्दै बीपी कोइराला भारत–नेपाल फाउण्डेशन, काठमाडौं सचिवालयले आज १३१ औं अम्बेडकर जयन्ती मनाएको छ।
पूर्वसभामुख दमननाथ ढुंगाना, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा भोला थापा, भारतका लागि नेपालका पूर्वराजदूत प्राध्यापक लोकराज बराल र बीपी कोइराला भारत–नेपाल फाउण्डेशनका सचिव नवीन कुमारको उपस्थितिमा नेपालका प्रथम राष्ट्रपति सम्माननीय डा रामवरण यादवले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा डा यामबहादुर किसान, कमला हेमचुरी, हरि शर्मा लगायतकाले आफ्ना भनाइहरू राखेका थिए। कार्यक्रममा काठमाडौं विश्वविद्यालय–नेपाल सेन्टर फर कन्टेम्पररी स्टडीजको पनि आज उद्घाटन गरिएको थियो।
कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति डा यादवले सामाजिक न्याय र समावेशीकरणका लागि डा भीम राव अम्बेडकरको योगदान र भारतको संविधान निर्माणमा उनको उल्लेखनीय नेतृत्व र दूरदृष्टिको स्मरण गरे। पूर्व सभामुख ढुंगानाले नेपालसहित दक्षिण एशियाभरि नै अहिलेको परिपेक्ष्यमा बाबासाहेब अम्बेडकरको संवैधानिकता र विधिको शासनको सन्देशको सान्दर्भिकता रहेको बताए।
Facebook Comment
Comment