सत्ता गठबन्धनको निर्देशनः स्थानीय तहको नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउनू

नेपालभ्युज

सत्ता गठबन्धनको निर्देशनः स्थानीय तहको नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउनू

काठमाडौं। सत्ता गठबन्धनको आजको बैठकले ४ वैशाखसम्म स्थानीय तहलाई रिपोर्टिङ गर्न जिल्ला समितिहरूलाई निर्देशन दिएको छ।

गठबन्धन बैठकपछि कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले दिएको जानकारीअनुसार अब ४ वैशाखमा बस्ने गठबन्धन बैठकले स्थानीय तह निर्वाचनको चुनावी तालमेल टुंगो लगाउनेछ। यस बीचमा सबै स्थानीय तहमा गठबन्धनभित्र सहमति कायम गर्ने भनिएको पनि सिटौलाले बताए।

यसअघि गत आइतबार गठबन्धनकै कार्यदलले चैत मसान्तभित्र सबै स्थानीय तहलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको थियो।

स्थानीय तह निर्वाचनको तोकिएको मिति आउन महीना दिन बाँकी हुँदा पनि गठबन्धनले अझै चुनावमा कसरी जाने भन्नेमा स्पष्ट पार्न सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved