श्रीलंकाले भन्योः विदेशी ऋण तिर्न सक्दैनौं

नेपालभ्युज

श्रीलंकाले भन्योः विदेशी ऋण तिर्न सक्दैनौं

काठमाडौं । देशले स्वतन्त्रता हासिल गरेको मात्र ७० वर्षको इतिहास बोकेको श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिरहेको छ। यस्तोमा त्यहाँको सरकारले अस्थायी रूपमा विदेशी ऋण तिर्न नसक्ने घोषणा गरेको छ।

आगामी जुनभित्र १ बिलियन अमेरिकी डलर विदेशी ऋण भुक्तान गर्नुपर्ने अवस्थामा रहेको श्रीलंका आर्थिक संकटसँगै विदेशी मुद्रा सञ्चितिमा कमजोर बन्दै गएको छ।

अस्थायी रुपमा विदेशी ऋण नतिर्ने बताउँदै गर्दा श्रीलंकाका सरकारी अधिकारीहरूले कोभिड महामारी र रूस-युक्रेन युद्धलाई यसको कारण बताएको छ। भनिएको छ- रूस–युक्रेन युद्ध र महामारीका कारण ऋण तिर्न हामी ‘असमर्थ’ छौँ।

देशमा बढ्दै गएको आर्थिक संकटका कारण जनता सडक प्रर्दशनमा छन् भने खाद्यान्न, इन्धन र ऊर्जा आपूर्तिमा पनि समस्या देखिएको छ। सडकमा प्रदर्शन बढेसँगै १ अप्रिलमा सरकारले देशभर संकटकाल घोषणा गरेको थियो। यद्यपि ५ अप्रिलमा सरकारले संकटकाल फिर्ता लिएको छ।

विदेशी ऋण तिर्न नसक्ने बताएको श्रीलंकाले आर्थिक उद्धारका लागि अगामी हप्ता अन्तर्राष्ट्रिय मुद्रा कोषसँग यस विषयमा छलफल गर्ने तयारी गरेको छ। श्रीलंकाका वित्तीय मन्त्रीले सन् १९४८ मा देश स्वतन्त्र भएयता विदेशी ऋण समयमा तिर्न नसकेको बताएका हुन्। उनले भनेका छन्, ‘ऋण तिर्ने विषयमा हाम्रो राम्रो रेकर्ड थियो।’

‘केही समयदेखि देशमा आएको आर्थिक मन्दीका कारण दैनिक सेवा प्रदान गर्न पनि मुश्किल भएको अवस्थामा विदेशी ऋण तिर्न हामी असक्षम छाौं,’ सोमबार वित्तीय मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved