झापा । ताजपुरिया समाज कल्याण परिषद्को पाँचाैँ महाधिवेशनले पूर्णलाल ताजपुरियाको अध्यक्षतामा १३ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ।
गौरादह–५ मैदानघोपास्थित नमूना पाहुनाघरमा सोमबार सम्पन्न महाधिवेशनले सस्थाको उपाध्यक्षमा नन्दलाल ताजपुरिया, महिला उपाध्यक्षमा कल्याणी ताजपुरिया, महासचिवमा हर्देव ताजपुरिया, उपमहासचिवमा मंगलसिंह ताजपुरिया र कोषाध्यक्षमा शैलेन्द्रकुमार ताजपुरियालाई चयन गरेको छ।
त्यसैगरी सदस्यमा गौरसिंह ताजपुरिया, रेणु ताजपुरिया, रमा ताजपुरिया, कालेन्द्र ताजपुरिया, मनकुमार ताजपुरिया, कुन्दन ताजपुरिया र दिलीप ताजपुरियालगायत चयन भएका छन्। परिषद् पूर्वका आदिवासी ताजपुरिया समुदायको सामाजिक संस्था हो।
नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरको प्रमुख आतिथ्यमा भएको महाधिवेशनमा झापा, मोरङ र भारतको बिहार तथा पश्चिम बङ्गालबाट सहभागिता जनाएका थिए । त्यस अवसरमा परिषद्ले समाजका युवा प्रतिष्ठित व्यक्ति, जग्गादाता र संस्थालाई कार्यक्रममा सम्मान गरिएको थियो।
Facebook Comment
Comment