महिलालाई अश्लील गाली गरेपछि गाउँपालिका अध्यक्षलाई कांग्रेसले सोध्यो स्पष्टीकरण

नेपालभ्युज

महिलालाई अश्लील गाली गरेपछि गाउँपालिका अध्यक्षलाई कांग्रेसले सोध्यो स्पष्टीकरण

महिलालाई अश्लील गाली गर्ने बैतडी सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीलाई नेपाली कांग्रेस बैतडीले स्पष्टीकरण सोधेको छ। आरोप लागेपछि उनलाई स्पष्टीकरण सोधिएको हो।

उनलाई सात दिनभित्र जवाफ पेश गर्न पार्टीले निर्देशन दिएको छ। धामी नेपाली कांग्रेसबाट निर्वाचित हुन्। गाउँपालिका वडा नम्बर ९ की लक्ष्मीशाह चन्दले धामीले अश्लील शब्द प्रयोग गरेर गाली गरेको आरोप लगाएपछि उनीसँग पार्टीले स्पष्टीकरण सोधेको हो।

धामीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको विषयलाई लिएर गाली गरेको चन्दले बताएकी थिइन्।

 

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved