एएफसी फुटसल एसियन कप : एघार गोल खाएर नेपाल समूह चरणबाट बाहिरियो

नेपालका लागि खेलको तेस्रो मिनेटमा अदिल हमिदले गोल गरेका थिए।

नेपालभ्युज

एएफसी फुटसल एसियन कप : एघार गोल खाएर नेपाल समूह चरणबाट बाहिरियो

काठमाडौं। एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ। नेपाल ताजकिस्तानसँग ११–१ गोलअन्तरले हारेको हो। लागातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ।

कीर्गिस्तानमा आज भएको खेलमा नेपाल र ताजकिस्तानले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेका थिए। दोस्रो हाफमा भने ताजकिस्तानले १० गोल गर्न पुग्यो। नेपालका लागि खेलको तेस्रो मिनेटमा अदिल हमिदले गोल गरेका थिए।

यसअघि नेपाल आइतबार उज्वेकिस्तानसँग ५–१ गोलअन्तरले पराजित भएको थियो। समूह ‘बी’ मा रहेको नेपालले अब मङ्गलबार समूहचरणको अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिष्पर्धा गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved