विवेकानन्द सांस्कृतिक केन्द्रले मनायो आइसीसीआर स्थापना दिवस

नेपालभ्युज

विवेकानन्द सांस्कृतिक केन्द्रले मनायो आइसीसीआर स्थापना दिवस

काठमाडौं । भारतीय राजदूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले यही २०७८ चैत्र २६ गते काठमाडौंको नक्सालस्थित होटल मेरियटमा ७२ औं भारतीय सांस्कृतिक सम्बन्ध परिषद (आइसीसीआर) स्थापना दिवस मनाएको छ।

आइसीसीआरका पूर्व विद्यार्थीहरुबीच मित्रताको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यका साथ हाल जारी आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा सो कार्यक्रमको आयोजना गरिएको थियो।

कांग्रेस नेता डा‍‍ शशांक कोइराला, अभिनेत्री मनीषा कोइराला र नेपालका आइसीसीआरका पूर्व विशिष्ट विद्यार्थीहरुको उपस्थितिमा नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए।

सो अवसरमा नेपालबाट आइसीसीआरका दुई प्रतिष्ठित पूर्व छात्रहरु–काठमाडौं विश्वविद्यालयका उपकुलपति डा भोला थापा र नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत श्री निलेश प्रधानले भारतमा अध्ययन गर्दाका आफ्ना अनुभवहरु सुनाए। अभिनेत्री मनीषा कोइरालाले पनि कार्यक्रममा आफ्ना बाल्यकाल र भारतमा प्रारम्भिक शिक्षा लिदाँ बटुलेका अनुभवहरु सबैसँग साटिन्।

कार्यक्रममा विश्वभर छरिएर रहेका आइसीसीआरका पूर्व विद्यार्थीहरुको अनुभवलाई संकलन गरी भिडियोमार्फत प्रस्तुत गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved