कोलम्बियाको बाढीमा कम्तिमा तेह्रको मृत्यु

नेपालभ्युज

कोलम्बियाको बाढीमा कम्तिमा तेह्रको मृत्यु

एजेन्सी। कोलम्बियामा बाढीमा परेर कम्तिमा पनि १३ जनाको ज्यान गएको छ। कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा गएको बाढीमा अरु केही हराइरहेका बताइएको छ।

त्यहाँ केही दिनदेखि अविरल वर्षा जारी छ। वर्षाका कारण बाढी आएको र शुक्रबारसम्ममा १३ जनाको ज्यान गएको यहाँको प्रकोप नियन्त्रण विभागले जनाएको छ।

वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ। वर्षा तत्काल रोकिने अवस्था भएकाले मौसम विभागले नागरिकहरुलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ। बाढीका कारण कतिपय सडकहरुमा पहिरो गएकाले यातायात पनि अवरुद्ध भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved