कालीकोटमा कांग्रेस एक्लै चुनाव लड्ने

नेपालभ्युज

कालीकोटमा कांग्रेस एक्लै चुनाव लड्ने

सुर्खेत। कालीकोटमा नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरेको छ। आगामी ३० वैशाखमा हुने निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको हो।

कांग्रेस कालीकोटको विषेश समितिको बैठकले गठबन्धन नगर्ने निर्णय गरेको एकल रूपमा चुनावमा जानुको विकल्प नरहेको कांग्रेस नेता मोतिराज बमले बताए।

‘‘पाँच दलीय गठबन्धनको पटकपटक बसेको संयुक्त बैठकमा आ-आफ्नो पार्टीको माग र भागबण्डा नै नमिल्ने भएकाले नेपाली कांग्रेस अब एकल रुपमा चुनावमा जान्छ,’’ उनले भने, ‘‘अब गठबन्धनमा जान सक्ने अवस्था नभएकाले विषेश बैठकले एकल चुनाव लड्ने निर्णय गरेको छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved