सबै मिलेर नेपाललाई दक्षिण एशियाकै समृद्ध मुलुक बनाउनुपर्छः सञ्चारमन्त्री कार्की

नेपालभ्युज

सबै मिलेर नेपाललाई दक्षिण एशियाकै समृद्ध मुलुक बनाउनुपर्छः सञ्चारमन्त्री कार्की

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एशियाकै समृद्ध मुलुक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल मोबाइल व्यवसायी महासंघको प्रथम साधारणसभाको उद्घाटन गर्दै उनले नेपाललाई समृद्ध बनाउन सकिने धेरै आधार रहेको बताए। यसका लागि पर्याप्त छलफलका आधारमा त्यसलाई सही ढंगबाट परिचालन गरी समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने उनको भनाइ थियो।

सरकारका प्रवक्ता कार्कीले भने, “हामी उदार अर्थतन्त्र र खुल्ला समाजमा विश्वास गर्दछौँ, आज हाम्रो अगाडि एउटै चुनौती छ कि मुलुकलाई यही पुस्तले कसरी धनी बनाउने। यो चुनौतीलाई पूरा गर्न हामी आ–आफ्ना क्षेत्रबाट इमान्दारी, समर्पण र प्रस्ट दृष्टिकोणका साथ अगाडि बढ्यो भने धेरै गाह्रो छैन।”

उनले समग्र मोबाइल क्षेत्रमा देखिएका समस्या समाधान गर्नेतर्फ सरकार केन्द्रित भएको बताए। “मेबाइल व्यवसायीको प्रमुख जटिल समस्या मोबाइलको आयात र व्यवसाय हो भन्ने लाग्छ, यो समस्याको समाधान गर्नका लागि नेपाल दूरसञ्चार संस्था प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम तदारुकताका साथ लागू हुनेछ, सरकार तपाइँको साथमा छ, मोबाइल व्यवसायलाई अगाडि बढाउन सरकार सहयोग गर्न तयार छ।”

‘सामाजिक परिचानसहितको व्यवसायी सुरक्षा’ भन्ने मूल नाराका साथ यही असार २०७८ मा स्थापना भएको महासंघ मोबाइल व्यवसायीहरुको संगठित संगठन हो। महासंघका अध्यक्ष भरत भट्टराईले सरकारको नीतिनियमभित्र रही सञ्चालन भइरहेको मोबाइल व्यवसायलाई धराशयी बनाउन कर छली गरी ल्याइएका र ल्याइने अवैध सामग्रीमा पूर्ण रुपमा रोक लगाउन सम्बन्धित निकायसँगको सहकार्यमा पहल गर्ने बताए।

महासंघले सो कार्यक्रममा क्याप्टेन विजय लामा, समाजसेवी अनुराधा कोरइला र डा सन्दुक रुइतलाई सम्मान प्रदान गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved