काठमाडौं। नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चिति घट्न नदिन विलासिताका बस्तु आयातमा रोक लगाएको बएका छन्।
प्रवक्ता भट्टले बिहीबार न्युज एजेन्सी नेपालसँग कुराकानीमा मुलुकको अर्थतन्त्रमा थप चुनौती आउन नदिन राष्ट्र बैंकले बाह्य क्षेत्र व्यवसथापन गर्न केही बस्तुको आयात रोक लगाउन परेको स्पष्ट पारे। उनले अहिले सबै भन्दा ठूलो चुनौती विदेशी मुद्रा सञ्चिति व्यवस्थापन रहेकाले समयमा नै सतर्कता अपनाउन खोजेको बताए।
राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र संकट देखिएर विलासिताका बस्तु आयातमा रोक नलगाएको भन्दै प्रवक्ता भट्टले संकटाबाट जोगाउन एउटा टुल्स प्रयोग गरिएको बताए। उनले बाहिर हल्ला आएजस्तो अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए।
राष्ट्र बैंकसँग ६/७ महीनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने विनिमय विदेशी मुद्रा सञ्चिति रहेको प्रवक्ता भट्टले जानकारी दिए। उनले पछिल्लो समय अर्थतन्त्र सकारात्मक संकेतहरू देखा परेको बताए। कोरोना महामारी पछि मुलुकको आर्थिक क्रियाकलाप बढ्दै गएकाले वस्तुको माग बढ्दा आयातमा वृद्धि भएको आयात वृद्धि भए पश्चात विदेशी मुद्रा सञ्चिति र सोधानान्तर घाटा बढेको प्रवक्ता भट्टको भनाइ छ।
त्यस्तै प्रवक्ता भट्टले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अवस्थामा नपुग्ने बताए। उनले श्रीलंका र नेपालको अर्थतन्त्रमा आधारभूत अवस्था नै फरक रहेको स्पष्ट पारे। श्रीलंका कुल गार्हथ्य उत्पादनको ११७ प्रतिशत विदेशी ऋण भएकाले अहिलेको अवस्था आएको प्रवक्ता भट्टको भनाइ छ।
कुल गार्हथ्य उत्पादनको ११७ प्रतिशत विदेशी ऋण र कुल गार्हथ्य उत्पादनको ४० प्रतिशत मात्रै विदेशी ऋण भएको मुलुकको श्रीलंका र नेपालबीच तुलना गर्न नमिल्ने दाबी गरे। श्रीलंकाले पछिल्लो समय आर्थिक व्यवस्थापन गर्न नसक्दा अहिले संकट भोग्नु परेको उनले बताए।
श्रीलंका र नेपालको अर्थतन्त्रमा देखिएका चुनौती फरक भएको भन्दै प्रवक्ता भट्टले नेपालमा रुस र युक्रेन युद्ध र गत वर्ष उच्च रुपमा कर्जा विस्तारको कारण घरजग्गा,उत्पादन भन्दा आयात र शेयर बजारमा बढी लगानीको प्रभावले अहिले अर्थतन्त्रमा दबाब देखिएको बताए।
प्रवक्ता भट्टले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढ्दै गएकाले रेमिटेन्समा सुधार आउन थालेको पनि बताए।
Facebook Comment
Comment