श्रीलंका भ्रमणमा नजान अमेरिकाले जारी गर्‍यो एड्भाइजरी

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलङ्कामा नजान अमेरिकाले आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ। इन्धन तथा औषधिको अभाव रहेकाले त्यहाँ जान पुनर्विचार गर्नु आग्रह गरेको हो।

नेपालभ्युज

श्रीलंका भ्रमणमा नजान अमेरिकाले जारी गर्‍यो एड्भाइजरी

वासिङ्टन। आर्थिक संकटबाट गुज्रिरहेको श्रीलङ्कामा नजान अमेरिकाले आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ। इन्धन तथा औषधिको अभाव रहेकाले त्यहाँ जान पुनर्विचार गर्नु आग्रह गरेको हो। साथै आतंकवादी गतिविधिको कारण देखाउँदै अमेरिकाले दक्षिण एसियाको टापुमा नजान भनेको हो।

श्रीलङ्कालाई लिएर अमेरिकाले जारी गरेको ट्राभल एड्भाइजरीमा भनिएको छ, ‘‘कोभिड १९ र इन्धन तथा औषधिको अभाव रहेकाले श्रीलंका यात्रालाई पुनर्विचार गर्नुहोस् ।’’

अमेरिकाले श्रीलङ्कालाई लेभल –३ मा राखेको छ। सेन्टर फर डिजिस कन्ट्रोल एन्ड प्रिभेन्सनले लेभल ३ को ट्राभल हेल्थ नोटिस जारी गर्दै भ्रमण नगर्न भनेको हो।

एड्भाइजरीमा भनिएको छ ‘‘त्यहाँको आर्थिक अवस्थाका कारण प्रदर्शनहरू भइरहेका छन् र ग्यास स्टेसन, ग्रसरी स्टोर तथा औषधि पसलमा समेत लाम लाग्न थालेको छ। देशव्यापी शान्तिपूर्ण हडताल पनि चलिरहेको छ। कतिपय ठाउँमा प्रहरीले पानीका फोहरा, अश्रु ग्यास पनि प्रहरीले प्रहार गरिरहेको छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved