‘आगामी निर्वाचनमा सत्ता गठबन्धन दलबीच आवश्यकताका आधारमा तालमेल हुन्छ’

नेपालभ्युज

‘आगामी निर्वाचनमा सत्ता गठबन्धन दलबीच आवश्यकताका आधारमा तालमेल हुन्छ’

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी निर्वाचनमा सत्तागठबन्धन दलबीच तालमेल औचित्य र आवश्यकताका आधारमा हुने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस कन्द्रीय समितिको निर्णय एवं क्षेत्रीय र जिल्लाको सुझावअनुसार तालमेल हुने स्पष्ट पारे। कोइरालाले निर्वाचन परिचालन कमिटी र नेकां केन्द्रीय कमिटीले उम्मेदवार चयन गर्ने सहमति भएको बताए।

उनले पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवार छनोट गरेको सहमति सुन्दर पक्ष हो भन्दै सुझबुझका साथ लिएको निर्णयले पार्टीमा उपलब्धि हासिल हुने जिकिर गरे। एक प्रश्नको जवाफमा नेता कोइरालाले नेविसंघ र तरुण दलको सभापति नियुक्ति गर्नु पार्टी सभापतिको अधिकार भएको हो र त्यसमा कुनै विरोध नरहेको बताए।

मुलुकको अर्थतन्त्र जोगाउन विलासिताका सामानलगायत सुपारी, मरिच, मटर र छोकडाको आयात बन्द गर्नुपर्नेमा उनले जोड दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved