काठमाडौं। नेपालमा पहिलो पटक एरोबिक टेबल टेनिस शुरु भएको छ। ६ अप्रिल अर्थात् टेबल टेनिस डेको अवसरमा बुधबार नेपाल एपीएफ क्लबमा एरोबिक टेबल टेनिसको औपचारिक शुरु गरिएको हो।
लण्डनस्थित एरोबिक टेबल टेनिसका संस्थापक स्टिभ रोले आफ्नो उपस्थितिमा एरोबिक टेबल टेनिसका बारेमा जानकारी प्रदान गरेका थिए। स्टिभले नेपालस्थित एकेडेमीमा रहेका खेलाडीलाई प्रशिक्षण प्रदान गर्ने र प्रशिक्षणमा उत्कृष्ट रहेका ३ छात्र तथा ३ छात्रालाई लण्डनस्थित एकेडेमीमा प्रशिक्षणका लागि छात्रवृत्ति प्रदान गर्ने बताएका छन्।
लण्डनस्थित एरोबिक टेबलटेनिस २०११ मा स्टिभ रोले स्थापना गरेका हुन्। एरोबिक टेबलटेनिस नवखेलाडीहरूलाई एरोबिकको माध्ययमबाट शारीरिक तन्दुरुस्त बनाउने कार्यक्रम हो।
खेलाडीहरूलाई एरोबिकका माध्ययमले शारीरिक तन्दुरुस्त बनाउनुका साथै सांगीतिक धूनको तालमा खेलाडीहरूलाई वर्कआउट, फुटवर्क गराउने जसका कारण खेलाडीहरूले आनन्द महशुस गर्दै क्यालोरी बर्न गर्ने, मुटु र फोक्सोलाई तन्दुरुस्त राख्ने र टेबलटेनिस खेलको पूर्ण ज्ञान र प्रशिक्षण प्राप्त गर्नेछन्।
Facebook Comment
Comment