वर्तमान सरकार रहिरहेसम्म देश बर्बाद हुन्छः केपी ओली

नेपालभ्युज

वर्तमान सरकार रहिरहेसम्म देश बर्बाद हुन्छः केपी ओली
फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताएका छन्।

बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको बताए। बैंकसँग पनि लगानीका लागि दिने पैसा नभएकाले देश देश संकटमा रहेको उनले बताए।

उनले भने, “खल्तीमा कसैको पैसा हुँदैन। बैंक त्यसैकारण खोलेका हुन्। कुनैपनि नयाँ उद्योग, व्यवसाय सुरु गर्दा बैंकबाट लोन लिनुपर्छ। दिनुपर्छ बैंकले। नयाँ लगानीका लागि कुनै सम्भावना छैन यतिखेर किनभने बैंक पैसा दिन सक्दैन। बैंक पैसा दिन सक्ने अवस्थामा छैन। यो सरकार तुरुन्तै, तुरुन्तै, तुरुन्तै ढलेन भने जतिदिन रहन्छ त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ।”

अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनसम्म गतिका साथ पार्टी काममा खट्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved