मिर्गौलापीडितलाई सरकारले दिने रकम अब आफ्नै स्थानीय तहबाट पाइने (भिडिओ)

नेपालभ्युज

मिर्गौलापीडितलाई सरकारले दिने रकम अब आफ्नै स्थानीय तहबाट पाइने (भिडिओ)

काठमाडौं। मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई सरकारले दिने भनिएको उपचार खर्च व्यक्तिले आफ्नो पालिकाबाट पाउने भएका छन्।

सरकारले गत १३ चैतमा मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइराख्नु परेका, क्यान्सर समस्या भएका र मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूलाई मासिक पाँच हजार रुपैयाँको दरले उपचार खर्च दिने निर्णय गरेको थियो।

बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समीरकुमार अधिकारीले सरकारले स्वीकृत गरेको कार्यविधिअनुसार सो रोगका व्यक्तिहरूको लगत सम्बन्धित वडामा हुने र सम्बन्धित पालिकामार्फत नै व्यक्तिगत खातामा रकम जम्मा हुने व्यवस्था रहेको जानकारी दिए।

सम्बन्धित पालिकाले सेवाग्राहीको खाता नम्बरमा हरेक तीन-तीन महिनामा मासिक पाँच हजारको दरले रकम जम्मा गरिदिने उनले बताए। उपचार खर्चबापत सो रकम पहिले नै पेन्सन पाइराखेकाहरूले नपाउने तर ज्येष्ठ नागरिक तथा एकल महिलाले भने भत्ता पाइरहेको भए पनि उपचार बापतको सो रकम पाउने उनले स्पष्ट पारे।

अधिकारीलेले के भने ? (भिडिओ)

स्वास्थ्य बीमाको सेवाग्राहीको रुपमा सूचीकृत भएकाहरूले पनि सो रकम पाउने उनले बताए। सरकारले स्रोतको सुनिश्चितता गरिसकेकाले सेवाग्राहीले रकम निरन्तर पाउने पनि उनले उल्लेख गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved