एएफसी फुटसल एसिया कप क्वालिफायर खेल्ने टोलीको बिदाइ

क्वालिफायरमा नेपालले आफ्नो पहिलो खेल १० अप्रिलमा उज्वेकिस्तानसँग खेल्नेछ भने ११ अप्रिलमा ताजकिस्तानसँग खेल्नेछ। फाइनल खेल १२ अप्रिलमा अफगानिस्तानसँग हुनेछ।

नेपालभ्युज

एएफसी फुटसल एसिया कप क्वालिफायर खेल्ने टोलीको बिदाइ
काठमाडौं। अखिल नेपाल फुटबल संघ, एन्फाले एएफसी फुटसल एसिया कप क्वालिफायर खेल्ने टोलीको बिदाइ गरेको छ। क्वालिफायर खेल्न नेपाल जान लागेको टोलीलाई एन्फाले मंगलबार बिदाइ गरेको हो।

एन्फा कम्प्लेक्स् सातदोबाटोमा आज एक कार्यक्रम आयोजना गरेर टोलीको बिदाइ गरिएको एन्फाले जनाएको छ। एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले टोलीको बिदाइ गरे।

क्वालिफायरमा नेपालले आफ्नो पहिलो खेल १० अप्रिलमा उज्वेकिस्तानसँग खेल्नेछ भने ११ अप्रिलमा ताजकिस्तानसँग खेल्नेछ। फाइनल खेल १२ अप्रिलमा अफगानिस्तानसँग हुनेछ।

सबै खेल किर्गिस्तानको बिस्केकस्थित गाजप्रोम स्पोर्ट्स कम्प्लेक्समा हुनेछ।

नेपाली टिममा गोलकिपरद्वय अनिश श्रेष्ठ र विश्वास पौडेल, आदिल हमिद, विजय श्रेष्ठ, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, क्रिजल खड्का, मणिकुमार लामा, रोशन छन्त्याल, सरोज तामाङ, सुमित श्रेष्ठ, सुरज गुरुङ र उर्केन जाङ्बु शेर्पा रहेका छन्।

मुख्य प्रशिक्षक गौरव बस्नेतको नेतृत्वमा टिम डाक्टर आदर्शकुमार सिंह टिम अफिसियल महेशकुमार श्रेष्ठ, प्रकाश पंगेनी, रमेश कार्की, मिलन गुरुङ तथा पत्रकारहरु मुकुन्द घिमिरे र विनय ज्योति सापकोटा पनि किर्गिस्तान जाने टोलीमा रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved