चर्च ब्याइज ‘बी’ डिभिजन लिग च्याम्पियन, शीर्ष डिभिजनमा उक्लियो

नेपालभ्युज

चर्च ब्याइज ‘बी’ डिभिजन लिग च्याम्पियन, शीर्ष डिभिजनमा उक्लियो

काठमाडौं। लिगको अन्तिम खेल खेल्नु अगावै चर्च ब्याइज युनाइटेड शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको उपाधि पक्का गर्न सफल भएको छ। उपाधि सुरक्षित गरेसँगै चर्च ब्याइज पहिलो पटक ‘ए’ डिभिजन लिगमा पनि बढुवा भएको छ।

जारी लिगको १२ औ चरणको खेलमा बाँसबारी क्लबलाई ५–१ गोलअन्तरको फराकिलो अन्तरले हराउँदै अन्तिम खेल अगावै च्याम्पियन बनेको हो। मंगलबार भएको एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा चर्च ब्याइजलाई जित दिलाउन साइमन लिम्बू एक्लैले चार गोल गरेका थिए।

उनले पहिलो हाफमा नै ह्याट्रिक पुरा गरेका थिए। त्यस्तै थप एक गोल आशीष चौधरीले गरेका थिए। लिगमा यो १२ औ खेलपछि ८ जितसँगै चर्च ब्याइजको २६ अंक भयो। अब लिगको अन्तिम खेल बाँकी छदा अन्य टिमले अंक तालिकामा चर्च ब्याइजलाई पछि पार्न सक्दैनन्।

ललितपुरको बालकुमारीका रहेको क्लब वि.स.२०६६ मा दर्ता भएको थियो। यसपछि २०७७ मा ‘सी’ डिभिजनबाट ‘बी’ डिभिजनमा उक्लेको चर्च ब्याइज ‘बी’ डिभिजन खेलेको पहिलो सिजनमा नै च्याम्पियन बन्दै ‘ए’ डिभिजनमा उक्लन सफल भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved