विराटनगर। प्रदेश १ मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गर्ने निणर्य गरेको छ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले बोर्डको उपाध्यक्ष र सदस्य सचिव नियुक्ति गर्ने निणर्य गरेको हो।
प्रदेश १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष विराटनगर निवासी जीना कार्की र सदस्य सचिव ओखलढुंगाको ज्यामिरे निवासी हंशराज वाग्लेलाई नियुक्त गर्ने निणर्य गरेको छ।
यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेकाले निजहरूलाई बर्खास्त गर्ने निणर्य गरेको थियो।
यस्तै बैठकले केही आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकताका आयोजनाका रूपमा तोक्ने निणर्य समेत गरेको जनाइएको छ।
Facebook Comment
Comment