गठबन्धन बैठक – रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी समिति गठन

सत्तारुढ गठबन्धनको बैठकले नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ।

नेपालभ्युज

गठबन्धन बैठक – रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी समिति गठन

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ।

आज बिहान बसेको गठबन्धनको बैठकले सो समिति गठन गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

समितिमा कांग्रेसबाट गगन थापा, ज्ञानेन्द्र बहादुर कार्की छन्। माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ सदस्य रहँदा नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र विजय पौडेल अटाएका छन्।

समितिमा जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी समेत छन्।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणबारे ब्रिफिङ समेत गरेका थिए। समग्रमा भारत भ्रमण सफल रहेको गठबन्धनको निष्कर्ष छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved