अस्पतालमा कुकुरले टोकेर डुलाएको शिशुको शवको पहिचान खुल्यो

प्रदेश अस्पताल सुर्खेत परिसरमा कुकुरले टोकेर डुलाएको नवजात शिशुको शवको पहिचान खुलेको छ। त्यो शव दैलेखको आठबीस नगरपालिका ९ का पवित्रा विकका बच्चाको रहेको खुलेको हो।

नेपालभ्युज

अस्पतालमा कुकुरले टोकेर डुलाएको शिशुको शवको पहिचान खुल्यो

सुर्खेत। प्रदेश अस्पताल सुर्खेत परिसरमा कुकुरले टोकेर डुलाएको नवजात शिशुको शवको पहिचान खुलेको छ। त्यो शव दैलेखको आठबीस नगरपालिका ९ का पवित्रा विकका बच्चाको रहेको खुलेको हो।

शनिबार कुकुरले अस्पताल परिसरमा टाउको नभएको एक नवजात शिशुको शव च्यापेर डुलिरहेको तस्बिर भाइरल भएपछि अस्पतालको ध्यानाकर्षण भएको थियो। अस्पताल प्रशासनले शव व्यवस्थापनमा आफ्नो लापरबाही नभएको भन्दै घटनाको अनुसन्धान जिल्ला प्रहरीलाई लिखित पत्राचार गरेको थियो।

जिल्ला अस्पताल सुर्खेतका प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार यही चैत १४ गते प्रदेश अस्पतालमा पवित्राबाट मृत बच्चा जन्मिएको थियो। आफैँले दाहसंस्कार गर्छु भनेपछि अस्पतालले शव हस्तान्तरण गरेको थियो।

पवित्रा र श्रीमान् गोपालले प्रहरी समक्ष आफूहरूले बच्चाको शव अस्पताल क्षेत्रभित्रको जङ्गलमा गाडेका थिए। तर त्यहाँबाटै कुकुरले शब खोतलेर ल्याएको हुन सक्ने बताएका थिए। प्रहरीले शवको सनाखत गराइ फेरि सुरक्षित रूपमा दाह संस्कार गर्न पवित्रा दम्पतीको जिम्मा लगाएको छ।

अस्पताल अगाडि शिशुको टाउकाेबिनाको शव लिएर कुकुर घुमेपछि…

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved