भ्यूटावरहरू हाम्रा सभ्यता हुन् : ओली (भिडिओसहित)

धरहरा नेपालको चर्चित भ्यूटावर भएको भन्दै उनले त्यो राष्ट्रको गौरव भएको बताए।

नेपालभ्युज

भ्यूटावरहरू हाम्रा सभ्यता हुन् : ओली (भिडिओसहित)
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यूटावरहरू सभ्यताको केन्द्र भएको बताएका छन्।

उनले भने, ”हामीले बनाएका भ्यूटावरहरू सभ्यताका विकासका हाम्रा व्यापारिक अन्य आर्थिक क्रियाकलापका केन्द्र हुन्।” स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्ने उपयुक्त स्थल भ्यूटावर भएकाले ती सभ्यता, विकास र आर्थिक क्रियाकलापको केन्द्र भएको उनको भनाइ थियो।

धरहरा नेपालको चर्चित भ्यूटावर भएको भन्दै उनले त्यो राष्ट्रको गौरव भएको बताए। केही मान्छेले भ्यूटावरको महत्व नबुझेर आफ्नो पार्टीले भ्यूटावर बनाउन्न भनेर प्रतीज्ञा गरेर हिँडेको भन्दै उनले भने, ”नेपालको चर्चित भ्यूटावर धरहरा हो, कतिको मन भतभत पोल्याछ धरहरा पुनर्निमाण भएर, त्यो राष्ट्रको पहिचान हो, गौरव हो, हाम्रो इतिहास हो।”

इतिहासमा ऊर्दी सुनाउनका लागि बनाइएको हुनसक्ने भए पनि अब भ्यूटावर हाम्रो गौरवको विषय भएको उनले बताए।

भिडिओ

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved