काठमाडौं। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली अपेक्षित रूपमा विकास नहुनुमा केन्द्र सरकार दोषी रहेको बताएका छन्।
कर्णालीमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक वहसमा मुख्यमन्त्री शाहीले कर्णाली गरीव नभएको तर केन्द्रले गरीवि, भोक, रोग र पिछडिएको उपमा दिएर उपेक्षा गरेको बताए।
‘‘यहाँको अपेक्षित विकास नहुनुमा केन्द्र सरकारकै कमजोरी रहेको छ, यो प्रदेशको विकासमा कर्णालीवासी स्वयंले गरीव मानसिकता त्याग्नुपर्छ,” उनले भने। नेपालको सबैभन्दा दुर्गम, विकट र प्राकृतिक स्रोतको अथाह सम्भावना भएको कर्णालीको विकासका लागि बाटो, बिजुली, विचार, वन, बजार र व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले बताए।
‘‘कुरा भन्दा बढी काम गरौं, मष्तिष्क बदलौं, सबैले आफ्नो जिम्मेवारी एवं दायित्व पूरा गरौं,’’ उनले भने, ‘‘त्यसपछि कर्णाली लिने होइन, दिने अवस्थामा पुग्छ।’’
Facebook Comment
Comment