आज बिहानैदेखि सबै पेट्रोल पम्प खुल्यो, पेट्रोलियम सहज

नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच चार बुँदे सहमति भएसँगै आजदेखि पेट्रोलियमको बिक्री वितरण सहज भएको छ।

नेपालभ्युज

आज बिहानैदेखि सबै पेट्रोल पम्प खुल्यो, पेट्रोलियम सहज

काठमाडौं। नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच चार बुँदे सहमति भएसँगै आजदेखि पेट्रोलियमको बिक्री वितरण सहज भएको छ।

निगमको केन्द्रीय कार्यालय टेकुमा शनिबार भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको हो।
सहमतिसँगै आज (आइतबार) आज बिहान ८ बजेबाट आयल निगमका सबै डिपो खुल्ने निगमले जनाएको छ।

पेट्रोलियम व्यवसायीहरूको कमिसन सम्बन्धी र एलपी ग्यास ढुवानी भाडा समायोजन सम्बन्धीको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने र अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्ने सहमति भएको निगमले जनाएको छ।

सहमतिपछि आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले सबै विरोधका कार्यक्रम स्थगित गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved